मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमसीसी टेबल गर्न सभामुख सापकोटा तयार

annapurnapost.com · Tue Feb 15 06:47:00 GMT 2022

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा एमसीसी संसद्मा टेबल गर्न तयार भएका छन्। यसमा आफू निर्णायक नभएको, दलहरू नै सर्वेसर्वा भएको सभामुख सापकोटाले बताएका छन्। यसमा दलहरू नै सर्वेसर्वा भएको प्रतिक्रिया उनले दिएका छन्। उनले राष्ट्रिय सहमतिका विषयमा दलहरूलाई सदनमै चर्चा गर्न पनि आग्रह गरेका छन्।

सभामुखकै आह्वानमा सोमबार सिंहदरबारमा सर्वदलीय बैठक बसेको थियो। एमाले भने बैठकमा सहभागी भएको थिएन। ‘राष्ट्रिय महत्वका विषयमा सबै दलबीच सहमति हुनु देशकै लागि राम्रो हो’, सभामुख सापकोटाले भने, ‘उहाँहरूले एमसीसीबारे आआफ्नो धारणा राख्नुभएको छ। म खुला छु। मैले सबैका कुरा गम्भीरतापूवर्क सुनेको छु।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)