मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप फुटबल: उद्घाटन खेलमा मेक्सिकोको जित, ३ खेलाडीलाई रातो कार्ड

rajdhanidaily.com · Fri Jun 12 00:54:25 GMT 2026

मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।

मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे । खेल सुरुआतको नवौँ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए । इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका हुन् । खेलको ४९औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित बन्यो ।

त्यसपछि खेलको ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले रातो कार्ड पाए । त्यसपछि दक्षिण अफ्रिका नौ खेलाडीमा सीमित बन्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए ।

विश्वकपको उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । यस जितसँगै समूह ‘ए’मा रहेको मेक्सिकोले शीर्ष तीन अङ्क बटुलेको छ । आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल आज बिहान ७ः४५ बजे हुनेछ ।

सम्बन्धित समाचार

भीमनारायण गोल्डकपको उपाधि बेलबारीले जित्यो

क्रिकेटर लामिछाने र ब्रिज कन्सल्टेन्सीबीच पाँच वर्षको सम्झौता

रोकिएको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु

हङकङसँग नेपालको लज्जास्पद हार

भीमनारायण गोल्डकपः उपाधिका लागि आयोजक र बेलबारी भिड्दै

वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

रवि–मोदी भेट आज

बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)

सम्बन्धित विषय