भक्तपुरको पलासेँमा बस ठोक्किँदा १४ जना घाइते
himalpress.com · Fri Jun 12 00:53:23 GMT 2026

भक्तपुर- भक्तपुरको जगातिबाट काभ्रेको साँगातर्फ गइरहेको बा५ख ४७८१ नम्बरको मयुर बसले सूर्यविनायक नगरपालिका-१० पलासेँमा विपरीत दिशातर्फबाट आइरहेको बा३ख ७७९३ नम्बरको माइक्रोबसलाई ठक्कर दिई दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
घाइतेमध्ये सुनसरी धरान उमनपा-१६ घर भई हाल काठमाडौँ चावहिल बस्ने ४६ वर्षका लाक्पा डिकी शेर्पा, काठमाडौँ बूढानीलकण्ठ बस्ने २९ वर्षीया मन्दिरा राई, सञ्जिता राई, काभ्रे नमोबुद्ध नगरपालिका-८ भकुण्डेबेँसीका ५३ वर्षीया कमला अधिकारी, सुनसरी धरान उमनपा-१६ घर भई हाल काठमाडौँ चावहिल बस्ने २२ वर्षीय पासाङ शेर्पाको मध्यपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)