नागरिक शिक्षा
rajdhanidaily.com · Wed May 24 23:04:03 GMT 2023
लोकतन्त्रलाई अनुशासित, लोककल्याणकारी र सुशासित बनाउन नागरिकसचेत हुन आवश्यक ठानिन्छ । सचेत समाजका लागि नागरिक शिक्षाको विषयवस्तुको ज्ञान आवश्यक हुन्छ । नागरिक शिक्षाले व्यक्ति र समाजलाई सचेत बनाउँछ । यसले व्यक्ति, समाज, राज्य र यसका संयन्त्रहरूलाई अधिकार र कर्तव्यको बोध गराउँछ । जिम्मेवार बनाउँछ । अहिले नेपाली समाजमा अधिकारका धेरै कुरा उठ्ने गरेका छन् । कर्तव्य ओझेलमा परेको अवस्था छ । अधिकारको कुरा गर्दा कर्तव्यको पालना पनि गर्नुपर्छ भन्ने चेतना न त समाजमा देखिन्छ । न त राज्य र यसका संयन्त्रको अभ्यासमा नै । यसरी हेर्दा समाजमा अधिकारउन्मुख राजनीतिक चेतनाको स्तरमा बढोत्तरी भए तापनि नागरिक शिक्षा स्तर कमजोर देखिन्छ ।
शिक्षाविद् स्मिथले नागरिक शिक्षा मानिसलाई व्यक्तिबाट सामाजिक व्यक्तित्वमा रूपान्तरण गर्ने ज्ञानको स्रोत हो, भनेका छन् । यसको अर्थ नागरिक शिक्षाले व्यक्ति एवं समाजलाई आत्मकेन्द्रित चिन्तनबाट बाहिर निस्केर सामाजिक हितमा कार्य गर्न सहयोग गर्छ भन्ने हो । नागरिक शिक्षा प्रजातान्त्रिक आचरण निर्माणको माध्यम हो । प्रजातन्त्रिक आचरण भएको व्यक्ति र समाजले आप्mनो र अरूको हक, अधिकार र कर्तव्यलाई बुझेर ततअनुरूपको व्यवहार गर्छ । ंप्रजातान्त्रिक विचारको अभावमा मै खाऊँ मै लगाऊँ, सुख सयल वा मोज म गरुँ, मै बाचूँ मै नाचूँ अरू सब मरुन् दुर्बलहरू भन्ने स्वार्थी व्यवहारले प्रसय पाउँछ । आप्mनो मात्र दुनो सोभ्mयाउने चिन्तन र व्यवहारको अन्त्य गरी उद्धार भावनाको विकास गर्न नागरिक शिक्षाको ज्ञान आवश्यक पर्छ । यसले सबैको हित गर्ने उदार व्यवहार निर्माणमा सहयोग गर्छ । समाजका हरेक व्यक्तिमा सामूहिक हित र नीतिअनुसार काम गर्ने क्षमता एवं आचरण भएमा गाउँगाउँमा लोकतन्त्रको अभ्यास हुन सक्छ । समाज सभ्य, कर्तव्यनिष्ठ तथा लोककल्याणकारी बन्न सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)