रिलायन्समा लगानी गरेका म्युचुअल फण्डहरु ४ गुणा नाफामा
nepalpress.com · Fri Jul 03 10:45:35 GMT 2026

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्समा शेयर लगानी गरेका सामूहिक लगानी कोष (म्युचुअल फण्ड) हरुले ६ महिनामै ४ गुणा बढी नाफा आर्जन गरेका छन् । बिहीबार रिलायन्सको म्युचुअल फण्डतर्फको लकइन अवधि सकिएसँगै कारोबार सुरु भएको छ ।
रिलायन्सले ५७ हजार ७९८ कित्ता शेयर म्युचुअल फण्डको लागि छुट्याएको थियो । बुक विल्डिङ विधिबाट आईपीओ जारी गरेको रिलायन्सको म्युचुअल फण्डतर्फ प्रतिकित्ता ९१२ रुपैयाँ परेको थियो । अधिकतम ५ हजार ४९ रुपैयाँ पुगेको रिलायन्सको शेयर मूल्य औसतमा ३ हजार २ सय आसपास रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)