आप्रवासनका विषयमा तालिबान सरकारसँग कुरा गर्नुको विकल्प नभएको इयूको भनाई
kendrabindu.com · Fri Jun 12 01:01:55 GMT 2026

ब्रसेल्स । शरण खोज्ने अफगानिस्तानीहरूलाई फिर्ता गर्ने बारेमा तालिबान सरकारसँग वार्ता गर्नुको अर्को विकल्प नदेखिएको युरोपेली सङ्घ (इयू) का आप्रवासीमामिला प्रमुख म्याग्नस ब्रुनरले बिहीबार बताएका छन् ।
उनले भने, “युरोपसँग शरण खोज्ने अफगानिस्तानीहरूलाई फिर्ता गर्ने बारेमा तालिबान सरकारसँग कुरा गर्नुको विकल्प छैन ।” युरोपेली आयोगले तालिबान प्रशासनलाई औपचारिक रूपमा मान्यता नदिए पनि अनियमित आप्रवासनमाथि कडाइ गर्न र निर्वासनलाई बढावा दिन तालिवान अधिकारीहरूलाई छलफलका लागि आमन्त्रित गरेको छ ।“स्थिति सुधारका लागि वार्ताको अनिवार्य शर्त भएको छ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)