मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यावधि चुनावमा टिकट बाँड्ने विषयमा कांग्रेसमा रडाको

barnanmedia.com · Thu Nov 06 22:05:09 GMT 2025

जेनजी आन्दोलनपछि सबैभन्दा बढी किचलो कुनै दलमा छ भने त्यो हो, नेपाली कांग्रेस। भदौ २३ र २४ गतेको जेनजी विद्रोहका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणामाथि आक्रमण भएपछि एक महिना अस्पताल बसे। विशेष महाधिवेशनको मुद्दा उठेपनि सभापति अस्पतालमा रहेकाले निक्र्याेल हुन सकेन।

२८ असोजमा केन्द्रीय समिति बैठकमा लिखित सम्बोधन गर्दै देउवाले सभापतिबाट विश्राम लिँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएपछि महाधिवेशन हुनेमा कांग्रेसीहरु ढुक्क थिए। देउवाले पनि विधानअनुसार महाधिवेशन हुने बताइदिएका थिए। र, उनी पत्नीसहित सिंगापुरमा उपचार गराइरहेका छन्। कांग्रेसको विधानले हरेक चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ,जसअनुसार आगामी मंसिरमा १५ औँ महाधिवेशन गर्नुपर्ने हुन्छ । विशेष अवस्थामा एक वर्ष म्यादसमेत थप्न सकिने व्यवस्था विधानमै रहेकाले म्याद थपिन पनि सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)