श्रीमतीको हत्या गर्ने श्रीमानलाई २६ वर्ष कैद सजाय
hamrakura.com · Fri Jun 26 00:00:00 GMT 2026
काठमाडौँ । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले २६ वर्ष कैद सजाय सुनाएको छ। जिल्ला अदालत पर्वतका न्यायाधीश वासुदेव पौडेलको इजलासले विकलाई पत्नी हत्या अभियोगमा दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हो। अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा २५ वर्ष जन्मकैद तथा पटके अपराध गरेको ठहर गर्दै थप एक वर्ष कैद सजाय निर्धारण गरेको जनाएको छ।
अदालतको फैसलाअनुसार विकले विसं २०८२ कात्तिक २५ गते आफ्नी श्रीमती सीता विकमाथि कुटपिट गरी हत्या गरेका थिए। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो भने प्राप्त प्रमाण, बयान तथा परिस्थितिजन्य तथ्यका आधारमा अदालतले उनलाई दोषी ठहर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
नेपाल प्रहरी