मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

डेनमार्क र फिनल्यान्डबीचको खेल केही बेरमा शुरु हुँदै

pahilopost.com · Sat Jun 12 18:28:18 GMT 2021

डेनमार्क र फिनल्यान्डबीचको खेल केही बेरमा शुरु हुने भएको छ। डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि स्थगित भएको खेल स्थानीय समय अनुसार साढे ८ वजे पुनः शुरु हुने भएको छ।

दुवै टिमको अनुरोध पछि यूईएफएले सो खेल पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। रोकिएको पहिलो हाफको अन्तिम चार मिनेटको खेल खेलिनेछ। त्यसपछि पाँच मिनेटको ब्रेक हुनेछ र दोस्रो हाफ शुरु हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)