मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

कीर्तिपुरको इतिहास जोगाऔं

ekantipur.com · Fri Oct 22 01:14:23 GMT 2021

शुक्रसागर श्रेष्ठकृत पुस्तक ‘कीर्तिपुरको सांस्कृतिक, पुरातात्त्विक इतिहास’ बोल्छ— कीर्तिपुरमा लायकु दरबार पाटनका राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालामा बनेको थियो; बाबुसित मनमुटाव भएपछि कीर्तिपुरमा अलग्गै राज्य बनाएर बस्दा श्रीनिवासले लायकु र तलेजु मन्दिर बनाएका थिए ।

गोपाल राजवंशावलीअनुसार चारतले पञ्चपुरसहितको उक्त श्रीराजगृह राम्ररी जग हाली बनाइएको थियो । साढे तीन सय वर्ष पुरानो सो दरबार अहिले छैन; कहिले ढल्यो, यकिन पनि छैन । प्राकृतिक कारण, कालक्रम आदिले दरबार, तलेजु मन्दिर तथा अन्य संरचना नाश भएको हुन सक्ने जानकारहरूको मत छ । तत्कालीन ब्रिटिस रेजिडेन्सीका चिकित्सक हेनरी एम्ब्रोस ओल्डफिल्डले सन् १८५५ ताका बनाएको स्केचमा कीर्तिपुर दरबारको भग्नावशेष देखिन्छ । केही दशकअघिसम्म पनि दरबारको भग्नावशेषलाई पर्खालले घेरिएको थियो । पुरातत्त्वको अध्ययनअनुसार अहिले पनि दरबारका अवशेषहरू जमिनभित्र लुप्त भएका हुन सक्छन्, यसबारे जान्न उत्खनन गर्नुपर्ने हुन्छ । उत्खनन र थप प्रमाणहरूको खोजबिन गरी कीर्तिपुरको यस ऐतिहासिक साक्षी–सम्पदालाई फेरि पुरानै स्वरूपमा बनाउन सकिन्छ, बनाउनु पनि पर्ने हो । तर विडम्बना भन्नुपर्छ– सहरको ऐतिहासिक सानलाई पुनर्जीवित गर्ने सोच स्वयं स्थानीय सरकारमा छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)