सिबिफिन र प्रधानमन्त्री कार्यालयबीच छलफल
abhiyandaily.com
काठमाडौं (अस) । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबीच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा मन्त्रीहरू, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव र सिबिफिनका पदाधिकारीको उपस्थिति थियो । छलफल देशको अर्थतन्त्रले भोगिरहेका समस्या र समाधानका उपायमा केन्द्रित रहेको सिबिफिनले जानकारी दिएको छ ।
छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अर्थतन्त्रमा देखिएको असहजताप्रति चिन्ता व्यक्त गरे । कृषि तथा वनमा आधारित उत्पादनको गुणस्तरमा सुधार गर्ने, उत्पादनको लागत घटाउने र निर्यात बढाउनेतर्फ विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)