टीआरसी विधेयकमा एकीकृत मस्यौदा तयार पार्ने तीन दलको सहमति
ekantipur.com · Mon Jul 29 23:30:12 UTC 2024

काठमाडौँ — लामो समयदेखि संसद्मा विचाराधीन सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) गठनसम्बन्धी विधेयकमा दलहरूबीच मिल्न बाँकी चार बुँदामा सहमति भएपछि त्यसलाई समेटेर एकीकृत मस्यौदा बनाउन कार्यदलले निर्णय गरेको छ ।
‘हामीहरूबीच भएको सैद्धान्तिक सहमति र यसबीचमा परेका संशोधन तथा त्यसमाथि उपसमितिले गरेको निर्णयसमेतलाई एकै ठाउँमा राखेर एकीकृत मस्यौदा तयार पार्ने र त्यसलाई बिहीबारको बैठकमा निर्णयार्थ पेस गर्ने भन्ने सहमति भएको छ,’ सोमबार बसेको कार्यदलको बैठकपछि कार्यदलका सदस्य महेश बर्तौलाले भने, ‘मूल ऐनमा अहिलेसम्म भएका संशोधन र सहमतिलाई त्यसमा समेटिनेछ र अब पारित हुनेवाला विधेयक कस्तो देखिन्छ त भनेर हेर्न एकीकृत मस्यौदाले सजिलो पार्नेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)