रुस-युक्रेन युद्धमा प्यूठानका युवकको मृत्यु
ekantipur.com · Fri Jan 12 01:23:37 GMT 2024
प्यूठान — रुसी सेनामा भर्ती भएका प्यूठान नगरपालिका–४ काठेवरका सोनु सुनारको रुस–युक्रेन युद्धका क्रममा मृत्यु भएको छ । योसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ ।
सुनार दुई वर्षअघि रोजगारीका लागि कतार गएका थिए । दुई महिनाअघि कतारबाट रुस गएर सेनामा भर्ती भएको प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले बताए । ‘दुई वर्षजति कतारमा काम गर्यो, दुई महिना भयो रुस गएको,’ सुनारका छिमेकी खगेश्वर थापाले भने, ‘युद्धमा परेर मृत्यु भएको खबर आयो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)