भेरी–बबई सिँचाइ डाइभर्सन पनि ठेक्का तोड्ने तयारीमा
nayapatrikadaily.com · Fri Dec 09 00:53:00 GMT 2022
उता राष्ट्रिय गौरवको भेरी–बबई सिँचाइ डाइभर्सन बहुउद्देश्यीय आयोजनाले पनि उक्त कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । उक्त कम्पनीबाट थप काम हुने अवस्था नदेखिएपछि ठेक्का तोड्ने तयारी गरेको आयोजनाका सूचना अधिकारी लेखनाथ सुवेदीले बताए ।
एमजिसिईले भेरी–बबई आयोजनाको सिभिल, हाइड्रो मेकानिकल र इलोक्ट्रो मेकानिकलतर्फको निर्माणमा परामर्श गर्ने गरी २२ सेटेम्बर ०१९ मा ठेक्का सम्झौता गरेको थियो । कम्पनी र सिँचाइ विभागबीच ३४ करोड ४० लाख रुपैयाँमा यस्तो सम्झौता भएको थियो । त्यसअनुसार कम्पनीले आयोजनामा काम पनि गर्दै आएको थियो । तर, बीचमा बैंक खाता रोक्का भएर भुक्तानी अन्योलमा परेपछि कम्पनीले काम रोकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)