कैलालीमा विस्फोट हुँदा चारजना घाइते
baahrakhari.com · Wed Feb 21 16:51:38 GMT 2024
सुदूरपश्चिम । धनगढी–डडेलधुरा राजमार्ग अन्तर्गत कैलालीको भासुभीर सडकखण्डमा आज साँझ विस्फोटक पदार्थ विस्फोट हुँदा चारजना घाइते भएका छन् ।
सडक मर्मतसम्भार गर्दै गरेको अवस्थामा भएको विस्फोटबाट एस्काभेटरका चालक डडेलधुराको आलिताल गाउँपालिकाका २४ वर्षीय विकास थापा, कैलालीको चुरे गाउँपालिकाका ४५ वर्षीय वसन्त खड्का, सुर्खेत घर भई कञ्चनपुर बस्दै आएका रोलर अपरेटर २२ वर्षीय हीरा थापा र विराटनगर घर भई कञ्चनपुर बस्दै आएका ३५ वर्षीय नवीन देव घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)