ओली, प्रचण्ड र नेपालरहित ‘कम्युनिस्ट’को गृहकार्य
rajdhanidaily.com · Thu Nov 06 23:27:39 GMT 2025

काठमाडौं । कम्युनिस्ट शीर्षनेतारहित नयाँ कम्युनिस्ट पार्टी गठन गृहकार्य थालिएको छ । नेतृत्व हस्तान्तरण र पुस्तान्तरण बहस गर्दै आएका नेताले दोस्रो र तेस्रो पुस्ताको नेतृत्वमा पार्टी गठन गृहकार्य थालेका हुन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठबाहेकका पार्टी गठन गर्नुपर्ने आवश्यकता औंल्याइएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीसहितका १० वामघटकबीच बुधबार पार्टी एकीकरण भई नेपाली कम्युनिस्ट पार्टी घोषणा भएको थियो । पार्टी एकीकरणमा सहभागी नभएका नेता छुटाछुट्टै अभियान सञ्चालन गर्दै छन् । देश दौडाहापछि छुट्टै पार्टी गठन गर्ने उनीहरूको योजना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)