घरजग्गा सेवामा ‘मेरो कित्ता’ प्रणाली अनिवार्य
gorkhapatraonline.com · Fri Jun 12 01:12:58 GMT 2026

नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थालाई घरजग्गासम्बन्धी सेवामा ‘मेरो कित्ता’ प्रणालीको प्रयोग अनिवार्य बनाएको छ । एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन गर्दै राष्ट्र बैङ्कले जग्गासम्बन्धी सेवा तथा शुल्क भुक्तानीलाई पूर्ण रूपमा डिजिटल माध्यममा लैजाने व्यवस्था लागु गरेको हो ।
नयाँ व्यवस्था अनुसार ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाले नापी कार्यालयबाट प्राप्त हुने जग्गाको नक्सा, फिल्डबुक, प्लट रजिस्टर प्रिन्टलगायत सेवाका लागि अनिवार्य रूपमा ‘मेरो कित्ता’ प्रणाली प्रयोग गर्नुपर्ने भएको छ । साथै ती सेवासँग सम्बन्धित राजस्व तथा शुल्क पनि अनलाइन माध्यमबाट सोही प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)