दसैं मनाउन घर फर्किए परदेशी
annapurnapost.com · Thu Oct 07 06:23:00 GMT 2021
शंकरप्रसाद खनाल/नेपालगन्ज, किशोर बुढाथोकी/विराटनगर, मनिका झा/जनकपुरधाम, सलमान खान/भैरहवा
दैलेख ठाँटीकाँधका तपेन्द्र बडुवाल दसैं मनाउन भारतबाट घर फर्केका छन्। उनी भारतको हिमाञ्चल प्रदेशको मनिकरनमा स्याउ टिप्न गएका थिए। नेपालगन्जको सीमा नाका जमुनाहामा एन्टिजिनबाट कोरोना परीक्षणका लागि लाइनमा भेटिएका बडुवालले भने, ‘५० दिनमा २५ हजार भारु (नेपाली ४० हजार) कमाइ भयो। दसैं मनाउन घर फर्केको छु। दसैं–तिहार मानेर फेरि भारत जान्छु।’ स्याउ टिपेबापत उनलाई दैनिक पाँच सय भारु मिल्थ्यो। खान बस्न साहूले नै व्यवस्था गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)