मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेता व्यवस्थापन गर्न पदाधिकारी थप

ekantipur.com · Mon Dec 27 01:08:14 GMT 2021

काठमाडौँ — माओवादी केन्द्रले महाधिवेशनको पूर्वान्हमा १५ सदस्यीय पदाधिकारी रहने विधान संशोधन गरेको छ । उद्घाटनकै दिन आइतबार बिहान पारित विधानअनुसार पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र एक जना कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति रहनेछ ।

पदअनुसारका नेता छान्न होइन, नेताअनुसारको पद दिन माओवादीले पदाधिकारी संख्या बढाएको हो । माओवादी पुष्पकमल दाहाल पदेन अध्यक्ष जस्तै छन् । अन्य सीमित पदका लागि आकांक्षी धेरै भएपछि पद पनि बढाइएको हो । नेताको आकांक्षा सम्बोधन गर्न माओवादीले करिबकरिब एमालेकै जस्तै संरचना सिर्जना गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)