हेलिकोप्टरबाट बडिमालिका र खप्तड
ekantipur.com · Sat Feb 12 01:50:34 GMT 2022
काठमाडौँ — नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेशले नेपाल पर्यटन बोर्ड तथा माउन्टेन हेलिकोप्टर प्रालिसँग सहकार्य गर्दै फागुन १ देखि सुदूरपश्चिमका खप्तड, बडिमालिका लगायत क्षेत्रमा टुर प्याकेज सार्वजनिक गरेको छ
नाटाका सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्टले शुक्रबार भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै खप्तड, बडिमालिकालगायत पर्यटकीय गन्तव्य यति बेला हिउँले सेताम्मे रहेकाले उक्त क्षेत्रको भ्रमण गर्ने चाहना भएका तथा समय अभावका कारण जान नसक्नेहरूका लागि यस्तो कार्यक्रम ल्याइएको जानकारी दिए । १० दिनमा कम्तीमा पनि ३५० जना आन्तरिक पर्यटकलाई खप्तड र बडिमालिका भ्रमण अवलोकन गराउने नाटा सुदूरपश्चिमको लक्ष्य छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)