नेपाललाई आए स्विकार्ने नआए मरिहत्ते नगर्ने ओली रणनीति, अन्य नेताको लागि ओली लचिलो
hamrakura.com · Tue Jun 29 00:00:00 GMT 2021
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपालसहितलाई पार्टीभित्र ल्याउने गरी पुराना संरचना व्यूताउने निर्णय गरे पनि विवाद निरूपणमा शङ्का देखिएको छ । नेपाल समूहमा आएको विग्रह र प्याकेजमै सहमति गर्नुपर्ने नेपालभित्रको कट्टर समूहका कारण विवाद पुरै निरूपण हुनेमा शङ्का देखिएको हो ।नेपाल समूहका योगेश भट्टराईसहितको एउटा टोली यो निर्णयपछि एमालेको आगामी बैठकमा सहभागी हुने विश्वास ओली पक्षको छ ।
मङ्गलवार साँझ ओली पक्षको स्थायी कमिटीको बैठकको निर्णयपछि सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र घनश्याम भुसालसहित आन्तरिक गृहकार्यमा जुटेका भए पनि नेपाल पक्षले बुधवार राखेको स्थायी कमिटी बैठकमा ओलीले गरेको निर्णयबारे थप छलफल गर्ने गरी उठेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)