एमालेले भन्यो- एम. अधिकारी गभर्नर होइनन्, तस्बिर सार्वजनिक गर्न कांग्रेसको चुनौती
hamrakura.com · Fri Jul 15 00:00:00 GMT 2022
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी पार्टीको विभागमा नरहेको दाबी गरेको छ । प्रतिनिधि सभामा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ ।
बिहीबार एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पष्टीकरण दिएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)