मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसले पहिरोमा सर्वस्व गुमाए

ekantipur.com · Sun Oct 24 00:40:40 GMT 2021

थलारा, बझाङ — दर्के झरीको आवाजले सोमबार बिहान साढे ३ बजे नरे पार्कीको निद्रा खुल्यो । उठेर बाहिर आउँदा घरवरिपरि खोलाजत्रै पानीको भल बगिरहेको थियो । गाउँको पुछारमा बग्ने डिक्लीगाडखोला चर्को आवाजले गडगडाइरहेको थियो ।

बझाङको थलारा गाउँपालिका–४, डिक्ला गाउँको पूर्वी कुनामा बस्ने पार्की आत्तिए । उनको घरभन्दा करिब १ किलोमिटरमाथि ढोगदिना डाँडामा गत वर्ष नै सानो पहिरो सुरु भएको थियो । ढोगदिनाको पहिरो फुट्यो भने घर रहँदैन भन्ने डर उनमा थियो । ‘मान्छे त जोगाउनुपर्‍यो भनेर आमा, श्रीमती र केटाकेटीलाई ब्युँझाँए । झरीमै हामी सबै छिमेकी गगने सार्कीको घर गयौं,’ ५५ वर्षीय पार्कीले सुनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)