मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू-१९ विश्वकप : नेपालले आज न्युजिल्यान्डसँग खेल्दै

ekantipur.com · Sun Jan 21 00:23:19 GMT 2024

काठमाडौँ — नेपालले आइतबार न्युजिल्यान्डसँग खेलेर दक्षिण अफ्रिकामा आईसीसी यू–१९ विश्वकप क्रिकेटको यात्रा सुरु गर्दै छ । युवा विश्वकपमा नेपालले ८ वर्षपछि पुनरागमन गरेको हो । न्युजिल्यान्डले दुई वर्षअघि क्यारेबियन भूमिमा भएको पछिल्लो संस्करण कोभिड–१९ को प्रोटोकलका कारण जनाउँदै खेलेको थिएन ।

इस्ट लन्डनमा हुने समूह ‘डी’ को न्युजिल्यान्डसँगको खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ । नेपाल पहिलो खेलबाटै लय समाउने दाउमा छ । दक्षिण अफ्रिका पुगेर खेलेको चारमध्ये तीन अभ्यास खेलमा जित पाएको नेपाल त्यही लय न्युजिल्यान्डविरुद्ध उतार्ने दाउमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)