युक्रेन-रूस युद्ध : ईयू कूटनीतिमा स्पेनको अग्रसरता
nepalsamaya.com · Sat Jul 01 16:15:00 GMT 2023
मड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज शनिबार बिहान कीभ आइपुगेका छन्। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ताका निम्ति उनी शनिबार बिहान कीभ आइपुगेका बताइएको छ।
'म युरोपेली सङ्घको काउन्सिलको स्पेनी अध्यक्षताको पहिलो कार्य युक्रेनमा यसको अध्यक्षसँग होस् भन्ने चाहन्छु,' सान्चेजले आफ्नो आधिकारिक ट्विटमा लेखेका छन्। उनले सिङ्गो युरोपको ऐक्यबद्धता व्यक्त गर्न पनि यो भ्रमण गरिएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)