प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
ratopati.com · Thu May 15 17:24:00 GMT 2025

विराटनगर । कोशी प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा मात्रै ७६ करोड ५४ लाख २९ हजार बेरुजू थपिएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सो बेरुजूमध्ये असुल गर्नुपर्ने रकम ९ करोड ८८ लाख २१ हजार रहेको छ । यस्तै नियमित गर्नुपर्ने ५६ करोड ३७ लाख ९ हजार, पेस्की बाँकी १० करोड २८ लाख ९९ हजार रहेको छ ।
अघिल्ला आर्थिक वर्षको तुलनामा यस वर्ष समग्रमा कोशी प्रदेशको बेरुजू प्रतिशत भने घटेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षणको कार्यालयका अनुसार अघिल्लो प्रतिवेदनमा कोशी प्रदेशको बेरुजू समग्रमा २.५० प्रतिशत थियो भने आर्थिक वर्ष २०७५/७६ मा ४.८२ प्रतिशत थियो । अहिले त्यो दर घटेर १.६९ कायम भएको छ । भने पेस्की बाहेकलाई मात्रै मान्ने हो भने १.४९ प्रतिशत मात्रै रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)