लक्ष्मी बैंकको 'माई मोबाइल मनी'मा ६ जनाले जिते जनही ५० हजार
nepallive.com · Wed Feb 10 13:48:00 UTC 2021
काठमाडौं- लक्ष्मी बैंकले आयोजना गरेको 'माई मोबाइल मनी'अन्तर्गत भिडियो प्रतियोगिताका विजेता ६ जनाले जनही ५० हजारका दरले पुरस्कार प्राप्त गरेका छन्। बुधबार घोषणा भएको नतिजा अनुसार विभिन्न ५ शीर्षकमा ६ जनाले ५०-५० हजार राशिको पुरस्कार जितेका हुन्।
बिल भुक्तानीतर्फ विराटनगरका लकेश दंगाल र भक्तपुरका मन्दिप बखुन्छे विजयी भए भने बिल भुक्तानीमा पोखराका विकास त्रिपाठी विजयी भए। यस्तै कार्ड सेवातर्फ काठमाडौंका सन्तोष शाक्य विजयी हुँदा कार्डरहित नगद निष्काशनमा भरतपुरका भुवन तिवारी विजयी भएका छन्। नगद ट्रान्सफर तर्कको पुरस्कार भने मुस्ताङका छेवाङ गुरुङलाई प्रदान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)