बितेको २४ घण्टामा दुई हजार २२३ सवारीचालकलाई सवारी नियम उल्लंघनको कारबाही
lokaantar.com

बितेको २४ घण्टामा दुई हजार २२३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १८ लाख ८१ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १७७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११८ जनालाई कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)