मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेट भाषण हुँदा पनि छुटेनन् नयाँ सवारी

rajdhanidaily.com · Mon May 29 23:13:39 GMT 2023

वीरगन्ज । बजेट भाषणको पूर्व सन्ध्यामा भन्सार यार्डसम्म आइपुगेका धेरै नयाँ सवारी छुट्ने र भन्सारको राजस्वसमेत बढ्ने अपेक्षा यसपटक पूरा हुन सकेन । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज आईसीपी यार्डमा थुप्रिएका धेरै नयाँ सवारी भन्सार जाँच पास भई छुट्न नसक्दा भन्सारको त्यो अपेक्षा पूरा हुन नसकेको हो ।

सोमबार बजेट भाषण भए पनि आइतबारसम्म पनि अपेक्षाकृत रूपमा नयाँ सवारी नछुटेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख प्रशासक डिलाराम पन्थीले जनाएका हुन् । देशको आर्थिक अवस्था ओरालोतर्फ लागिरहेको समयमा नयाँ सवारीसाधन भन्सार जाँचपास हुन नसक्दा त्यसको चाप थेग्न वीरगन्ज भन्सार कार्यालय मातहत आईसीपी यार्डलाई हम्मेहम्मे परेको खुलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)