सर्वसाधारणका लागि सानिगाड हाइड्रोको आईपीओ जेठ १४ देखि खुल्ने
ajakoartha.com · Tue May 19 06:05:00 GMT 2026

काठमाडौं- सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जेठ १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ४६ लाख ७४ हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा बिक्री खुला गर्न लागेको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा जेठ २० गते र ढिलोमा जेठ २८ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरिसकेको छ। शेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)