मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लिमिटेड कम्पनी खोल्दा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत शेयर सर्वसाधारणलाई दिन माग

abhiyandaily.com

काठमाडौं (अस) । लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत शेयर सर्वसाधारण लगानीकर्तालाई शेयर दिनुपर्ने नेपाल चेम्बर अफ कमर्शले बताएको छ । लिमिटेड कम्पनी स्थापना गर्दा सर्वसाधारण लगानीकर्तालाई पनि समावेश गर्नुपर्ने अर्थ मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिले सोमवार आयोजना गरेको कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताएका हुन् । त्यसबाट सर्वसाधारणलाई फाइदा पुग्ने र वित्तीय सन्तुलनमा पनि सहयोग गर्ने दाबी उनले गरे । लिमिटेड कम्पनी खोल्दा सर्वसाधारण लगानीकर्तालाई प्राथमिकतामा राखेर नीतिगत व्यवस्था हुन सके सेवा क्षेत्र थप व्यवस्थित हुने उनको भनाइ थियो ।

अध्यक्ष मल्लले मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू हुनुपर्ने पनि बताए । आयात व्यवस्थित गर्नुपर्ने भन्दै उनले आम उपभोग्य र विलासिताका वस्तुमा फरक दर कामय गरिनुपर्नेमा जोड दिए । धेरै विद्युत् खपत गर्ने ठूला उद्योगका लागि मात्रै सहुलियत दिने बजेटमा उल्लिखित व्यवस्था साना तथा घरेलु र कृषि उद्योगमा पनि लागू गर्न उनले आग्रह गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)