मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दुई गुरु : चोर र कुकुर 

nayapatrikadaily.com · Thu Dec 14 00:12:00 GMT 2023

एकजना सन्तसँग उनका शिष्य सोध्छन्, ‘गुरुवर ! हजुरका चाहिँ गुरु को हुनुहुन्छ ?’ सन्त जवाफ दिन्छन्, ‘हुन त मेरा धेरै गुरु छन्, तर म तिमीहरूलाई मेरा खास दुई गुरुका बारेमा बताउँछु ।’ उनले भने, ‘मेरो पहिलो गुरु एउटा चोर थियो । एकपटक म एक अन्जान सहरमा रनभुलमा परेर यताउता भाँैतारिरहेको थिएँ । सो बखत मलाई एकजना चोरले आफ्नो घरमा शरण दियो । ऊ प्रत्येक रात चोरी गर्न जान्थ्यो । जब ऊ फर्किएर आउँथ्यो, म उसलाई आजचाहिँ के हात पार्‍यौ त भनेर सोध्थेँ ।

यद्यपि उसलाई महिनाभर नै सफलता मिलिरहेको थिएन । तर, हरेकपटक ऊ आज त केही हात पार्न सकिएन, तर म फेरि भोलि पनि प्रयास गर्नेछु । परमेश्वरको कृपा पक्का हुनेछ ।’ सन्त अगाडि भन्छन्, ‘जीवनमा मेरा यी सारा ध्यान, पूजापाठ र साधनापछि पनि भगवान् नमिल्दा यी सबै कुरा छोडिदिऊँ कि भन्ने लाग्दा यही चोरको ‘म फेरि भोलि प्रयास गर्नेछु र भगवान्को इच्छाले यो अवश्यक हुनेछ’ भन्ने भनाइ स्मरणमा आउँथ्यो ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)