महिलाको योगदानको चर्चा समेटिएको पुस्तक प्रकाशित
lokaantar.com · Sun Jan 01 00:15:33 GMT 2023
समाजका लागि आफ्नो मेहनत, उद्यम, राजनीतिबाट योगदान दिएका महिलाको गाथा समेटिएको पुस्तक प्रकाशन भएको छ । रोटरी आरआइ डिष्ट्रक्ट ३२९२ ले सात वटै प्रदेशबाट योगदान दिने उद्यम, समाजसेवा, प्रहरी, सैनिक, प्रशासन, राज्यस्तर तथा नीजि क्षेत्रबाट देश विकासका लागि योगदादन दिएका एक सय जना महिलाबारे चर्चा गरिएको पुस्तक प्रकाशन गरेको हो ।
सो संस्थाद्वारा शनिवार राजधानीमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले पुस्तकमा आफ्नो कथा समेटिएका महिलालाई पुस्तक प्रदान गरिन् । सो पुस्तकमा आफ्नो पनि कथा समेटेर महिलाको योगदानको कदर गर्ने संस्कार अगाडि बढाएर रोटरी डिष्ट्रक्टले राम्रो कामको सुरुवात गरेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)