कौडा गीत ‘निदरी’ लिएर आइन् मेमिसा घले
kalakarmi.com · Tue Mar 17 12:00:19 GMT 2026

काठमाडौं– बेलायतलाई कर्मथलो बनाए पनि नेपाली गीत–संगीतमा सकृय गायिका मेमिसा घलेको कौडा गीत ‘निदरी’ सार्वजनिक गरिएको छ । यो गीतमा मेमिसासँगै मौसम गुरुङ तथा डिआर सुजनको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत पनि डिआरकै रहेको छ । गीतका निर्माता धन घले हुन् ।
निर्माता धन र गायिका मेमिसा श्रीमान–श्रीमती हुन् । झण्डै २५ वर्षदेखि बेलायत बस्नै आएका उनीहरु नेपाली गीत–संगीतलाई छाड्न नसक्ने भन्दै निरन्तरता दिइरहेको बताउँछन् । अहिले उनीहरु नेपाल आएको समयमा निदरी गीत सार्वजनिक गरिएको जानकारी गराए ।
गीतको भिडियोमा अभिनेता पल शाह तथा मोडल रस्मिता तामाङको नृत्य देख्न सकिन्छ । भिडियोको कोरियोग्राफर र निर्देशन भने विक्रम चौहान हुन् । भिडियो खिच्ने काम नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका हुन् । गायिका मेमिसा घलेले यसअघि पनि केहि गीत गाएकी छिन् तर अहिलेको निदरी गीतमा धेरै मिहिनत र लगानीको हिसाबले पनि धेरै नै खर्च भएको बताएकी छिन् ।
अहिले नेपालमा भएको सिलसिलामा भिडियोमा आफैँ देखिएकी छिन् । गीतमा निर्माता धन घले र गायक, लेखक तथा संगीतकार डिआर सुजन पनि देखिएका छन् ।
डिआरले बताए अनुसार यो गीत बनाउने सोच युकेमै हुदाको हो । उनीहरु बेलायतमै रहँदा एउटा गीत बनाउनु पर्छ भन्ने सोच निकालेको र निदरी बनेको सुनाउँछन् । निदरी गीतमा घले समुदायको संस्कृतिलाई झल्काइएको छ । भिडियोमा विभिन्न १० भन्दा बढी जिल्लाको घले समाजलाई देखाइएको छ । त्यसले पनि घले समुदायको संस्कृति प्रवर्धनमा ठूलो मद्धत पुगेको देखिन्छ । गीतका शब्दमा पनि संस्कृति पहिचानको कुरा गरिएको छ । गीतको भिडियो मेमिसा घले युट्यूब च्यानलमा सार्वजनिक गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)