मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पन्ध्र अर्बको बिजुली निर्यात

gorkhapatraonline.com · Sat Dec 09 06:33:07 GMT 2023

काठमाडौँ, मङ्सिर २३ गते । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपियाँ बराबरको विद्युत् भारत निर्यात गरेको छ । प्राधिकरणले जेठ २८ गतेदेखि भारतमा विद्युत् निर्यात सुरु गरेको थियो ।

प्राधिकरणका अनुसार मङ्सिर २० गतेसम्म एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् भारतमा बिक्री गरिएको हो । प्राधिकरणले प्रतियुनिट औषत आठ रुपियाँ ७७ पैसाको दरले विद्युत् निर्यात गरेको जनाएको छ । सो अवधिमा दैनिक अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात भएको प्राधिकरणले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)