पालुङ वितरण केन्द्रको चुहावट २७ प्रतिशत
ratopati.com
उत्तरी मकवानपुरमा रहेको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रमा २७ प्रतिशत विद्युत चुहावट भएको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविाधिक चुहावटबाट पालुङमा २७ दशमलब २९ प्रतिशत विद्युत चुहावट भएको छ ।
गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा विद्युत चुहावट कम हो तरपनि चुहावट नियन्त्रणनै नभएको बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले जनाएको छ । नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत वर्षको वैशाखसम्मको वितरणतर्फको संचित चुहावटको तुलनामा यस वर्ष १ दशमलब ९ प्रतिशत विन्दुले घटाएको छ । गतवर्ष त्यस केन्द्रको २८ दशमलब ३१ प्रतिशत चुहावट थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)