मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेकपाको खास उत्तराधिकारी समाजवादी : भुसाल

rajdhanidaily.com · Fri Jan 13 23:27:25 GMT 2023

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पूर्वउपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । सैद्धान्तिक र वैचारिक रूपमा तत्कालीन नेकपाको खास उत्तराधिकारी एकीकृत समाजवादी नै रहेकाले यो पार्टी रोज्नुपरेको उनले दाबी गरे ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच उनले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गरेका हुन् । नेता भुसालले अबको कम्युनिस्ट आन्दोलनको लिगेसी नेकपा एकीकृत समाजवादीसँग रहेको दाबी गरेका छन् । तत्कालीन नेकपा विभाजन भएपछि एकीकृत समाजवादीले नै अबको कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने उनको दाबी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)