मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुकुम पूर्व : मलामी गएका एक व्यक्ति सानीभेरी नदीमा बेपत्ता

Ujyaaloonline.com · Mon Jul 24 00:48:13 GMT 2023

रुकुम पूर्व - रुकुम पूर्वमा मलामी गएका एक व्यक्ति सानीभेरी नदीमा बेपत्ता भएका छन् । सिस्ने गाउँपालिका वडा नम्बर ८ धपेका ३८ वर्षीय छविलाल पुन हिजाे आइतवार नदीमा बेपत्ता हुनुभएको हो ।

हिजाे दिउँसो मलामी गएका उहाँ दाहसंस्कारपछि नुहाउन लाग्दा सानीभेरी नदीमा चिप्लिएर बेपत्ता हुनुभएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)