क्यानडाको पहिलो चुनौती बोस्निया हर्जगोभिना
gorkhapatraonline.com · Fri Jun 12 01:46:48 GMT 2026
विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सहआयोजक क्यानडाले शुक्रबार बोस्निया हर्जगोभिनासँग ऐतिहासिक खेल खेल्दै छ । क्यानडाको भूमिमा हुन लागेको यो पहिलो विश्वकप खेल हुने छ ।
विश्वको सबभन्दा ठुलो फुटबल मञ्चमा क्यानडाका लागि घरेलु मैदानमा पदार्पण मात्र होइन, विगत केही समयदेखि फुटबलमा गरेको सुधारलाई नतिजामा परिणत गर्ने अवसर पनि हो । क्यानडाले अहिलेसम्म फुटबलबाट नाम चम्काउन सकेको छैन । विशेषतः हकी राष्ट्रका रूपमा चिनिने क्यानडा घरेलु मैदानमा खेल्ने भएकाले यस पटक फुटबलको महाकुम्भमा विशेष गर्न चाहन्छ । यसअघि क्यानडाले दुई पटक सन् १९८६ मा मेक्सिको र सन् २०२२ कतारमा विश्वकप खेलेको थियो तर यी दुवै संस्करणमा क्यानडाको चुनौती समूह चरणमै सकियो । क्यानडाका अमेरिकी प्रशिक्षक जेसे मार्सले आक्रामक, उच्च मनोबलमा र सशक्त भएकाले यसपालि विश्वकपमा आफ्नो टिमले सबैलाई प्रभाावित पार्ने बताउनुभएको छ । उहाँका अनुसार यस विश्वकपमा क्यानडाले खेल्ने फुटबल शैलीले सबैलाई मोहित पार्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)