सर्वोच्चको आदेशपछि पनि सीमामा आतंक नरोकिएकोमा कांग्रेस सांसदको आपत्ति
nepalpress.com · Tue May 19 06:17:51 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सीमा क्षेत्रमा भन्सार करबारे सर्वोच्च अदालतको आदेश अझै कार्यान्वयन नआएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले सीमा क्षेत्रका नागरिकमाथि आतंकित पार्ने काम नगरेका बताए ।
उनले भने, ‘सीमा क्षेत्रमा बसोबास गर्ने आम नागरिकहरूको भान्सामा चाहिने अत्यावश्यक वस्तु, औषधि लगायतका विषय आयात गर्दा नागरिकलाई आतंकित गर्ने सरकारको निर्णयलाई अदालतले रोकेको छ। तर अदालतको आदेश अहिलेसम्म कार्यान्वयन नहुँदा समस्या ज्यूँ का त्यूँ छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)