मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जब ‘ध्रुवे’सँग जम्काभेट भयो

annapurnapost.com · Sat Apr 03 05:17:00 GMT 2021

चितवन : गैंडा गणकको टोली शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट निस्कियो। त्यही आसपास रहेको जंगली हात्ती ‘ध्रुवे’ घरपालुवा पोथी हात्तीको आकर्षणले पिछा लाग्यो। झन्डै १२ किलोमिटर दूरीको कोलकत्ता टापुसम्म पुग्यो।

शुक्रबारको गणना कार्य सकिन २० मिनेटजति बाँकी थियो। गणक टोली चढेको हात्ती र ध्रुवेको दिउँसो साढे २ बजे जम्काभेट भयो। ध्रुवे देखेपछि गणनाका लागि प्रयोग गरिएका हात्ती तर्सिए। हात्ती तर्सिएर उफ्रिँदा गणक र हात्तीसारे खसेर घाइते भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)