बीपीको ल्याब काउन्टर बिहान ७ बजेदेखि नै खुला
abhiyandaily.com
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको केन्द्रीय प्रयोगशाला (सेन्ट्रल ल्याब)को काउन्टर बिहान ७ बजेदेखि नै खुल्न थालेको छ । बिरामीको सहजताका लागि यस्तो व्यवस्था गरिएको अस्पतालले बताएको छ ।
यसअघि भने ओपीडीमा आउने बिरामीका लागि बिहान ८ बजेदेखि मात्र ल्याब काउन्टर खुल्ने गरेको थियो । अबदेखि बिहान ७ देखि बेलुकी ४ बजेसम्म ल्याब काउन्टर खुला रहने प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)