मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविको मुद्दामा सर्वोच्चमा सुनुवाइ चलिरहँदा उच्चले पनि खोल्यो फाइल, प्रतीक्षा गर्न निवेदकको माग

barnanmedia.com · Thu May 15 22:16:40 GMT 2025

पोखरा उच्च अदालतमा पनि रवि लामिछानेको निवेदनमा सुनुवाइ अघि बढेको छ । बिहीबार मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले सूर्यदर्शन सहकारी प्रकरणमा रविसहित ७ जना प्रतिवादीका विषयमा जिल्ला अदालतले गरेको आदेशविरुद्धका निवेदनमा सुनुवाइ अघि बढाएको हो ।

जिल्ला अदालतले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लागेका लामिछानेसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो । सरकारले उनीसहित ७ जना अभियुक्तलाई थुनामै राखी मुद्दाको बाँकी कारबाही अघि बढाउनुपर्ने दाबी गरी उच्च अदालतमा निवेदन दिएको थियो । त्यस्तै रविसहितका अभियुक्तहरुले जिल्लाले तोकेको धरौटी चर्को परेको भन्दै साधारण तारिखमा रिहा हुन पाउनुपर्ने जिकिर गरी बेग्लाबेग्लै निवेदन दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)