मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिमका सभामुखको अनुभव : प्रदेशसभा सरकारको प्रतिपक्षी जस्तो देखिंदो रहेछ

onlinekhabar.com · Thu Aug 18 00:33:22 GMT 2022

२ भदौ, धनगढी । संविधान सभाबाट संघीय प्रणाली अंगिकार गरेको संविधान जारी भएपछि तत्कालीन प्रदेश ७ को प्रदेश सभाले ७ माघ २०७४ मा सभामुख, उपसभामुख र मुख्यमन्त्री पायो । ३२ वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित र समानुपातिक गरि कूल ५३ जना प्रदेशसभा सदस्यले संसदीय अभ्यासको थालनी गरे ।

प्रदेशसभाकी ज्येष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा २१ माघ २०७४ मा बसेको प्रदेशसभाको पहिलो बैठकबाट प्रथम अधिवेशनको थालनी भएकोमा २९ माघमा सभाले सभामुख पायो । नेकपा एमालेबाट चुनाव जितेका प्रदेशसभा सदस्य अर्जुनबहादुर थापा सभामुख निर्वाचित भए । तत्कालीन प्रदेश प्रमुख मोहनराज मल्लले नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य निर्वाचित त्रिलोचन भट्टलाई ३ फागुनमा मुख्यमन्त्री नियुक्त गरेका थिए । भट्टले २२ फागुनमा प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)