प्रतिनिधिसभाको दोस्रो बैठक आज ११ बजे
lokaantar.com · Tue Jan 10 00:50:17 GMT 2023
प्रतिनिधिसभाको दोस्रो बैठक आज विहान ११ बजे बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची तय भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
संघीय संसदको अधिवेशन हिजो सोमबारदेखि शुरु भएको छ । हिजो बसेको पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेता तथा स्वतन्त्र सांसदले सम्बोधन गरेका थिए । ज्येष्ठ सदस्य पशुपति शमशेर जवराको अध्यक्षतामा बसेको बैठकले सभामुखको अनुपस्थितिमा अध्यक्षता ग्रहण गर्ने अध्यक्ष मण्डल चयन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)