स्वास्थ्य मन्त्रालयले बिरामीलाई क्यान्सरको औषधि सहज उपलब्ध गराउने
nagariknews.nagariknetwork.com · Fri Jun 12 01:42:34 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधिको सहज उपलब्धता गराउन सहजीकरण गरेको छ। औषधि व्यवस्था विभागले क्यान्सरको उपचारका लागि हुने ‘कार्बोप्लाटिन’ औषधिको बिरामीलाई सहज उपलब्धता गराउन सजीकरण गरेको हो।
विभागमा सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले क्यान्सर अस्पतालमा ‘कार्बोप्लाटिन’ औषधिको सहज उपलब्धताका लागि सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकिएको जानकारी दिए। उनले विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारणले क्यान्सर उपचारमा प्रयोग हुने औषधि अभाव देखिएपछि सहजीकरण गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
काठमाडौँ