विश्वभर १३ करोड ८० लाखमा बालश्रमिक, बालश्रम अन्त्यको लक्ष्य अझै टाढा
kendrabindu.com · Fri Jun 12 01:54:28 GMT 2026

काठमाडौं । बालश्रम अन्त्यका लागि विगत दुई दशकमा उल्लेखनीय प्रगति भए पनि हालको गति पर्याप्त नभएको र सन् २०२५ सम्मको बालश्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र आइएलओले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र आइएलओका अनुसार सन् २००० मा विश्वभर २४ करोड ६० लाख बालबालिका बालश्रममा संलग्न रहेकामा उक्त सङ्ख्या घटेर हाल १३ करोड ८० लाखमा झरेको छ । यद्यपि बालश्रम अन्त्यका लागि भएको प्रगतिको वर्तमान दर अत्यन्त सुस्त रहेकाले आगामी पाँच वर्षभित्र यो समस्या अन्त्य गर्न हालको भन्दा ११ गुणा तीव्र गतिमा काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)