मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भेट्रान्स कप फुटबल हुने

ekantipur.com · Sat Sep 03 01:05:04 GMT 2022

काठमाडौँ — ठमेल टुरिजम भेट्रान्स कप फुटबल असोजमा हुने भएको छ । ठमेल पयर्टन विकास परिषद्को आयोजनामा हुने प्रतियोगिता असोज ९ देखि ११ सम्म हुनेछ । कार्यक्रम संयोजक प्रसयराज भण्डारीका अनुसार २० टिमको सहभागिता रहने प्रतियोगिता लैनचोरस्थिति एनसेलले बनाएको मैदानमा हुनेछ । आयोजकको ठमेल इस्ट र ठमेल वेस्ट गरी दुई टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताबारे जानकारी गराउँदै नेपाली फुटबल टोलीका पूर्वकप्तान राकेश श्रेष्ठसहित आयोजक टोली ।तस्बिर : कान्तिपुर

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)