मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सिटी आर्सनलमाथि दबाब बढाउँदै

ekantipur.com · Sun Apr 16 00:51:44 GMT 2023

लन्डन — इर्लिङ हाल्यान्डको दुई गोलको मदतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार लेस्टर सिटीलाई ३–१ ले हराएको छ । यस जितसँगै सिटी शीर्षमा रहेको आर्सनलमाथि दबाब बढाउन सफल रह्यो ।

अब आर्सनल र सिटीबीचको दूरी तीन अंकमै सीमित भएको छ । सिटीले इतिहाडमा भएको खेलमा जोन स्टोन्सले सुरुआती गोल गरेपछि हालान्डले दुई गोल थपेका हुन् । हारले लेस्टर भने १९ औं स्थानमा कमजोर स्थितिमा रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)