मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बार्सिलोनालाई २८ औं ला लिगा उपाधि,  ‘बच्चा’ टोलीले गर्‍यो चमत्कार

ratopati.com · Thu May 15 23:04:00 GMT 2025

काठमाडौं । बार्सिलोनाले दुई खेल अगावै स्पेनिस ला लिगाको उपाधि जितेको छ । स्पानियोलको घरेलु मैदानमा २-० को जित निकाल्दै बार्सिलोनाले आफ्नो २८ औं ला लिगा उपाधि जितेको हो ।

क्रसटाउन प्रतिद्वन्द्वी इस्पानियोलविरुद्धको खेलमा १७ वर्षीय ल्यामिन यामलले पहिलो गोल गरे भने घरेलु टोली १० जनामा सिमिति भएको फाइदा उठाउँदै फर्मिन लोपेजले अर्को गोल थपे । जुन गोलका लागि समेत असिस्ट यामलले नै गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा यामलले ५३ औं मिनेटमा व्यक्तिगत गोल गरे भने लोपेजले इन्जुरी टाइम अर्थात् ९५ औं मिनेटमा गोल गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)